भारतका लागि नवनियुक्त नेपाली राजदूत डा.निश्चलनाथ पाण्डे प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणको तयारीका लागि मंगलबार नयाँ दिल्ली जाने भएका छन् ।
सोमबार राजदूतमा नियुक्त पाण्डेले दिल्ली पुगेर आफ्नो जिम्मेवारी सम्हाल्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। प्रधानमन्त्री शाह मंसिर ६ गते तीनदिने भारत भ्रमणमा जाने तयारीमा छन्। यद्यपि, सरकारले भ्रमणको औपचारिक मिति घोषणा गरिसकेको छैन। भ्रमणको एजेन्डा लगभग तय भइसकेकाले त्यसलाई अन्तिम रूप दिन दुवै देशले तयारी गरिरहेका छन् ।


















