नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीभित्रको विवादमा तटस्थ बसेका नेताहरूलाई आफ्नो धारणा स्पष्ट पार्दै सक्रिय हुन आग्रह गरेका छन्।
मंगलबार मोरङमा शेरबहादुर देउवा पक्षधरको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीभित्र विवाद हुँदा तटस्थ बसेर समस्या समाधान नहुने बताए। कसैले गलत गरेको भए खुलेर आलोचना गर्न र आफ्नो पक्ष स्पष्ट पार्न उनले आग्रह गरे। उनले तटस्थ नेताहरूको सक्रियता र साथ आफूहरूले चाहेको पनि बताए। कांग्रेसभित्र गगन थापा र देउवा पक्षले छुट्टाछुट्टै महाधिवेशन प्रक्रिया अघि बढाइरहेका बेला सिटौलाको यस्तो अभिव्यक्ति आएको हो।



















