रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीनको सेन्जेन शहर आइपुगेका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार उनी स्थानीय समयअनुसार राति करिब २ बजे सेन्जेन पुगेका हुन् । सेन्जेन विमानस्थलमा पुटिनलाई चिनियाँ कम्युनिस्ट पार्टीको सर्वोच्च निर्णयकारी निकायका पाँचौँ वरीयताका नेता तथा चिनियाँ राष्ट्रपति सी चिनफिङका प्रमुख सहयोगी काइ चीले स्वागत गरेका थिए ।
विमानस्थलमा पुटिनलाई रातो कार्पेट बिछ्याएर स्वागत गरिएको थियो । त्यस अवसरमा चिनियाँ सैनिकहरूले मार्चपास गरेका थिए भने कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए ।
पुटिन एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको सबैभन्दा प्रतीक्षित बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ । उक्त अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति पुटिनबीच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुने बताइएको छ ।


















