जोर्डनमा सैन्य अभ्यासका क्रममा ब्ल्याक हक हेलिकोप्टर दुर्घटना हुँदा पाँच जना सैनिक घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जोर्डन सशस्त्र सेना (अरब आर्मी) ले बुधबार जनाएको छ ।
जोर्डन सशस्त्र सेनाको कमान्डले जारी गरेको विज्ञप्तिअनुसार सैन्य तालिम अभ्यासका क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका पाँचै जनालाई उपचारका लागि क्विन आलिया सैनिक अस्पताल लगिएको छ ।
घाइतेमध्ये एक जनालाई गम्भीर चोट लागेको छ भने अन्य चार जनाको अवस्था सामान्य रहेको सेनाले जनाएको छ ।सेनाको कमान्डले घाइते सैनिकहरूको स्वास्थ्य अवस्थाबारे निरन्तर जानकारी लिइरहेको र उनीहरूलाई आवश्यक उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरिएको जनाएको छ ।
दुर्घटनाको कारणबारे भने विज्ञप्तिमा थप विवरण सार्वजनिक गरिएको छैन ।


















