‘विचौलियाले चलाइरहेका छन् सरकार’ : एमाले सांसद महर

नेकपा एमालेका सांसद ऐनबहादुर महरले प्रधानमन्त्रीको नेतृत्वमा नभई सचिवालयका व्यक्तिहरूको प्रभावमा वर्तमान सरकार सञ्चालन भइरहेको आरोप लगाएका छन्। उनले प्रधानमन्त्रीको सचिवालयका व्यक्तिहरू विचौलियासँग जोडिएको र राज्यका संवैधानिक तथा कानुनी निकायको काममा हस्तक्षेप गरिरहेको दाबी गरे।

एमालेको राष्ट्रिय भेलामा पत्रकारहरूसँग कुरा गर्दै महरले पक्राउ परेका विचौलियामाथिको अनुसन्धानमा समेत प्रधानमन्त्रीको सचिवालयले हस्तक्षेप गरेको आरोप लगाए। मन्त्रालयको संख्या घटाउने तर प्रधानमन्त्रीको सचिवालय विस्तार गर्ने सरकारी कार्यशैलीप्रति प्रश्न उठाउँदै उनले संविधान र कानुनले नचिनेका व्यक्तिहरूबाट राज्य सञ्चालनमा हस्तक्षेप हुनु अराजकताको संकेत भएको टिप्पणी गरे।