अयोध्याबाट एक हजार यात्रु बोकेर ‘सरयू–कमला एक्सप्रेस’ जनकपुर आइपुग्यो

अयोध्याबाट करिब १ हजार यात्रु बोकेर सरयू–कमला एक्सप्रेस रेल जनकपुर आइपुगेको छ । जनकपुर रेल्वे स्टेसनमा उनीहरूको स्वागत गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव लगायतले रेलबाट आएका यात्रुको स्वागत गरेका हुन् ।