हर्मुज जलमार्गमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

रानी सेनाले रणनीतिक महत्त्वको हर्मुज जलमार्ग क्षेत्रमाथि उडिरहेका दुईवटा अमेरिकी मानवरहित विमान (ड्रोन) खसालेको दाबी गरेको छ । इरानी सरकारी टेलिभिजन आईआरआईबीका अनुसार जलमार्गको पश्चिमी आकाशमा अमेरिकी ‘लुकास’ आत्मघाती ड्रोन र पूर्वी आकाशमा ‘एमक्यू–९’ड्रोनलाई वायु रक्षा प्रणालीमार्फत नष्ट गरिएको हो।

अमेरिका र इरानबीच बढ्दो सैन्य तथा आर्थिक तनावका बीच यो घटना सार्वजनिक भएको हो।