दानबहादुर कार्कीको रिटमाथि सरकारको जवाफ : ‘अदालत आउनुपर्ने अवस्था छैन’

नायब महान्यायाधिवक्ता खेमराज ज्ञवालीले पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले सम्मानपूर्वक प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाएको भन्दै त्यसविरुद्ध रिट लिएर अदालत आउनुपर्ने अवस्था नरहेको जिकिर गरेका छन्।

कार्कीले आईजीपीबाट हटाएर प्रमुख सुरक्षा सल्लाहकार बनाइएको भन्दै दायर गरेको रिटमाथि बुधबार सर्वोच्च अदालतमा बहस गर्दै ज्ञवालीले सरकारले कार्कीलाई थप विश्वास गरेर जिम्मेवारी दिएको तर्क गरे। उनले विगतमा सुरक्षा सल्लाहकारको अभावमा शान्ति सुरक्षामा समस्या देखिएकाले सरकारले उक्त पद सिर्जना गरेको पनि बताए।