इरानी सेनाले होर्मुज जलमार्ग र फारसको खाडीको जलक्षेत्रमाथि उडिरहेको एक जासुसी ड्रोन खसालेको दाबी गरेको छ । इरानको तस्निम समाचार एजेन्सीले सेनाको जनसम्पर्क विभागद्वारा जारी विज्ञप्तिलाई उद्धृत गर्दै उक्त ड्रोनलाई देशमै विकसित हवाई रक्षा प्रणालीमार्फत पहिचान गरी नष्ट गरिएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, “यो शत्रुको ड्रोनलाई स्वदेशमै विकसित हवाई रक्षा प्रणालीमार्फत पहिचान गरी नष्ट गरिएको हो ।” तर, खसालिएको ड्रोनको प्रकार र घटना भएको ठ्याक्कै समयबारे विज्ञप्तिमा केही खुलाइएको छैन । पछिल्ला हप्ताहरूमा इरानले होर्मुज जलमार्ग र आसपासका क्षेत्रमा अमेरिकी ड्रोन खसालेको दाबी गर्दै आएको छ ।


















