बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २ हजार रुपैयाँले घटेको हो।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला २ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।यता आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला ३ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ ।