पार्टीमा आन्तरिक विवाद चर्किएकै बेला नेपाल समाजवादी पार्टी(नेसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ । बैठक मध्याह्न १२ बजे केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने भएको हो ।
अध्यक्ष डा.बाबुराम भट्टराईले पार्टीमा परामर्श नगरी बैठक बोलाएको भन्दै अर्का अध्यक्ष महिन्द्र राय यादव समूहले उक्त बैठक बहिस्कार गर्ने भएको छ । यादव समूहले शनिबार नै माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरिसकेको छ । उता पूर्व प्रधानमन्त्रीसमेत रहेका डा.भट्टराई भने एकताको पक्षमा देखिएका छैनन् ।

















