सिटिजन्स बैंक विराटनगरमा कार्यरत कर्मचारी क्षितिज घिमिरे होटेलमा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनी विराटनगर महानगरपालिका–९, कलेज रोडस्थित होटेल रोयल किचेनमा मृत फेला परेका हुन् ।
घिमिरेको शव सो होटेलको कोठा नम्बर १०९ मा मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ । घिमिरे सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन परिवारका तर्फबाट सोमबार प्रहरी कार्यालयमा निवेदन दर्ता गराइएको थियो । प्रहरीका अनुसार उनको शव पोस्टमार्टमका निम्ति विराटनगरस्थित कोसी अस्पतालमा लगिएको छ ।

















