जिल्ला अस्पताल धादिङमा कार्यरत डाक्टर प्रतिभा धौभडेल मृत अवस्थामा फेला परेकी छन् । उनी छाउनीस्थित आफ्नै घरको बाथरुममा मृत अवस्थामा भेटिएकी हुन् ।
आफ्नै कोठाको बाथरुममा मृत भेटिएकी डा.प्रतिभा बिहीबार मृत अवस्थामा फेला परेकी हुन् । डा.धौभडेलको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए । ३४ वर्षीया धौभडेल सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । प्रतिभाका श्रीमान पनि डाक्टर नै रहेको प्रहरीले जनाएको छ ।


















