भोयजर अन्तरिक्ष यानले पृथ्वीमा पढायो सन्देश

पृथ्वीबाट अहिलेसम्म सबैभन्दा टाढा पुगेको मानवनिर्मित यान भोयजर १ ले बन्द भएको महिनौंपछि सन्देश पठाएको छ । यो यान यतिबेला हाम्रो धरतीबाट २५ अर्ब किलोमिटर टाढा छ । पृथ्वीबाट चन्द्रमाको दूरी ३ लाख ८२ किलोमिटर, सूर्यको दूरी करिब १५ करोड किलोमिटर छ । चन्द्र, सूर्यभन्दा पनि धेरै टाढा छ भोयजर १ यान, अर्थात हाम्रो सौर्यमण्डलभन्दा बाहिर ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको यो यानले १४ डिसेम्बर २०२३ पछि सन्देश पठाउन बन्द गरेको थियो । हालै मात्र यसले मेसेज पठाएको नासाका वैज्ञानिकलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ ।

नोभेम्बरयता पढ्न सकिने खालको कुनै डेटा नपठाए पनि पृथ्वीबाट गरिएका निर्देशनहरू यसले रिसिभ गरिरहेको थियो । गत मार्चमा नासाको जेट प्रोपल्सन ल्याबोरेट्रीमा काम गरिरहेका वैज्ञानिकले भोयजरको चिपमा आएको गडबडीले यो चुपचाप भएको पत्ता लाएका थिए ।

विशेषज्ञले नासाको ४६ वर्ष पुरानो कम्प्युटर सिस्टममा रहेको चिपलाई अर्को नयाँ कोडबाट फिक्स गरेका थिए । सन् २०१२ मा यो सौर्यमण्डभन्दा बाहिर ताराको श्रृंखलामा प्रवेश गरेको थियो । यस्तो गर्ने भोयजर पहिलो अन्तरिक्ष यान हो । धरतीबाट पठाइने सन्देश यानसम्म पुग्न करिब साढे २२ घण्टा लाग्छ ।