सिता एयरको जहाजमा हाइड्रोलिक समस्या आएपछि पुन: आकस्मिक अवतरण गर्नु परेको छ । सोमबार बिहान काठमाडौंबाट रामेछाप उडेको जहाजमा हाइड्रोलिक समस्या आएपछि पुन: काठमाडौं फर्काएर आकस्मिक अवतरण गर्नु परेको हो ।
सिताको ९०६ उडान नम्बरको जहाज काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । अवतरणपछि धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म पुर्याइएको थियो । उक्त जहाज रामेछाप हुँदै लुक्ला जाने तयारीमा थियो ।


















