skip this वडा नं १६ बालाजु च:मती

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई पहिलो सफलता

वेष्ट इन्डिज ‘ए’विरुद्ध टी–२० शृंखलाको पाँचौँ तथा अन्तिम खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर वेष्ट इन्डिजले ब्याटिङ रोजेपछि फिल्डिङमा उत्रिएको नेपालले पहिलो विकेट लिएको छ ।

नेपालका खेलाडी सागर ढकालले वेष्ट इन्डिजका काडिम एलेनलाई आउट गरेका हुन्। काडिम ११ रन बनाएर आउट भए । यसअघिका चारमध्ये तीन खेलमा जित निकालेको वेष्ट इन्डिजले शृङ्खला ३–१ ले आफ्नो पक्षमा पारिसकेको छ । पहिलो खेल ४ विकेटले जितेको नेपाल त्यसपछिका तीन खेलमा लगातार पराजित हुँदै आएको छ ।