नेपाल आइपुगिन् जापानकी विदेशमन्त्री, आजै फर्किने

जापानकी विदेशमन्त्री खामिखावा योको नेपाल आइपुगेकी छन् । केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनले आज राष्ट्रपति, प्रधानमन्त्री र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

एक दिने भ्रमणमा आएकी उनी आजै टोकियो फर्किने कार्यक्रम छ ।