बाह्य बसाइ सर्ने नेपालीहरू प्रति एक लाखमा ३७ सय ५२ जना

५ वर्षको अवधिमा एक लाखमा ३७ सय ५२ जना बाह्य बसाइसराइ भएका छन् । प्रादेशिक रूपमा हेर्दा सबैभन्दा बढी सुदूरपश्चिममा एक लाखमा ७ हजार ३५९ जना बसाइ सरेका हुन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक जनसाङ्ख्यिक सूचक अनुसार दोस्रो स्थानमा गण्डकी प्रदेश रहेको छ । लुम्बिनी र कर्णाली क्रमश: तेस्रो र चौथो स्थानमा छन् । सबैभन्दा कम अन्तर्राष्ट्रिय बसाईंसराई भएकाहरुको प्रदेश मधेस प्रदेश रहेको छ ।

गण्डकी प्रदेशमा प्रतिलाखमा ४ हजार २७ जना बसाइ सरेका छन् । यो पाँच वर्षको तथ्याङ्क हो । बागमती प्रदेशमा करिब १ लाखमा ५४ जना बसाइ सरेको तथ्याङ्कले देखाएको छ । कर्णाली प्रदेशमा प्रतिलाख ३७ सय छन् भने तेस्रो स्थानमा कोशी प्रदेश रहेको छ ।