skip this वडा नं १६ बालाजु च:मती

इजरायल पठाईदिन्छु भन्दै दुई लाख ठगी गर्ने व्यक्ति पक्राउ

इजरायल पठाइदिन्छु भन्दै दुई लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका बस्ने ताप्लेजुङका ३७ वर्षीय जेनित हाङ लिम्बुलाई गत बिहीबार प्रहरीले पक्राउ गरेको छ । लिम्बुले एक जनालाई वैदेशिक रोजगारीका लागि इजरायल पठाइ आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट उक्त रकम लिई सम्पर्कबिहीन भई ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।