युके पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

युके पठाईदिन्छु भन्दै पाँच लाख रूपैयाँ ठगी गरेको अभियोगमा सर्लाही हरिपुर नगरपालिका घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका बस्ने ३० वर्षीय बिधान कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई युके पठाईदिन्छु भन्दै एक जना पीडितबाट उक्त रकम लिई सम्पर्कविहीन भएका थिए ।

उक्त ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं मिनभवनबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।