ललितपुरको गोदावरी नगरपालिका-१० टाखेलस्थित सडकमा बा.४ ख ७०४ नम्बरको बसबाट लडेर एक बालिकाको मृत्यु भएको छ । महांकाल गाउँपालिका-६ ठुलादुर्लुङ बस्ने रेनिसा दाहाल संजेलकी छोरी चार वर्षीया आर्या संजेलको बसबाट लडेर आज बिहीबार बिहान मृत्यु भएको हो ।
बसबाट लडेर गम्भीर घाइते भएकी उनको बज्रबराही अस्पताल चापागाउँ हुँदै बिएण्डबि अस्पताल ग्वार्कोमा थप उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।





















