skip this वडा नं १६ बालाजु च:मती

श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ

दाङको घोराही उपमहानगरपालिका-१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको अभियोगमा उनकै श्रीमती ४२ वर्षीया होटी वली पक्राउ परेकी छन् । बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ओबिराम घर नजिकै रहेको घाइते अवस्थामा बुधबार राति फेला परी उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको थियो । उपचारको क्रममा उक्त घटनाबारे प्रहरीलाई थाहा हुनासाथ उनलाई पक्राउ गरिएको र सोधपुछको क्रममा उनीहरूबीच झै-झगडा हुँदा होटीले कुटपिट गरेको खुल्न आएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।