सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ दोस्रो दिन पनि जारी छ । हिजो दिनभर भएको सुनुवाइका क्रममा बहस नसकिएपछि आज पनि बहस अघि बढेको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा आज पनि पक्ष विपक्षका वकिलहरूले बहस गरिरहेका छन् ।
आज नै फैसला दिने तयारी गरेका छन्। त्यहीअनुसार उनीहरूले दुवै पक्षका वकिलहरूलाई समय निर्धारण गरिदिएका छन् । दुवै पक्षका वकिललाई न्यायाधीशहरूले डेढ-डेढ घण्टाको समय दिएका छन् । यसअघी यो मुद्दामा सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी र रमन श्रेष्ठ, शम्भु थापा, मुरारी सापकोटा र कृष्ण सापकोटालगायतले बहस गरे । उच्च अदालत पाटनले बुधबार नै फैसला दिन सक्नेछ । यदि उच्चले सफाइ दिएमा सन्दीपका लागि अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप खेल्ने बाटो खुल्नेछ ।


















