सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसको बैठक स्थगित

सुदूरपश्चिम प्रदेशसभाको बैठक नेपाली कांग्रेसले अवरोध गरेको छ । मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिन बोलाइएको प्रदेश सभाको बैठकमा कांग्रेसका सांसदहरुले अवरोध गरेपछि बैठक स्थगित भएको छ ।

कांग्रेसका सांसदहरुले प्रदेश प्रमुखले संविधान विपरित मुख्यमन्त्री नियुक्ति गरेको र सभामुखले जबरजस्ती प्रदेश सभा बैठक संचालन गर्न खोजेको भन्दै प्रदेश सभामा नाराबाजी गरेका थिए । कांग्रेसको अवरोधपछि सभामुखले ३० मिनेटका लागि बैठक स्थगित गरेका थिए