भारतको राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले आफ्नो २० वर्ष लामो अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिने घोषणा गरेका छन् । सक्रिय खेल विश्वकप छनोट फुटबलअन्तर्गत निकट भविष्यमा खेलिने कुवेताविरुद्धको खेलसँगै आफूले खेल जीवनबाट सन्न्यास लिने उनले बताएका छन् ।
भारत र केवेतबिचको विश्वकप छनोट खेल जुन ६ तारिखमा खेलिने छ । सोही खेल नै सुनिल क्षेत्रीको अन्तिम अन्तर्राष्ट्रिय खेल हुनेछ । सुनिल क्षेत्री भारतीय टोलीको थुप्रै सफलताका नायक हुन् । ३९ वर्षीय सुनिल क्षेत्रीले भारतका लागि कुल एक सय ४५ खेल खेलिसकेका छन् ।


















