पूर्वी चीनको जियाङ्सी प्रान्तको गुइक्सी शहरको एउटा प्राथमिक विद्यालयमा सोमबार चक्कु चक्कु प्रहार हुँदा पाँच जना घाइते भएको समाचारमा उल्लेख छ । प्राथमिक घाइतेहरूको उपचार भइरहेको बताइएको छ । गत मे ७ मा युनान प्रान्तमा पनि यस्तै घटना भएको थियो । अस्पतालमा भएको घटनामा दुईजनाले ज्यान गुमाउनु परेको थियो । छुरा प्रहारबाट घाइते भएका अन्य २१ जनाको अस्पतालमा उपचार भइरहेको छ । चीनमा अधिकांश जनताका लागि व्यक्तिगत बन्दुक राख्नु गैरकानुनी मानिन्छ । यस्तोमा सार्वजनिक स्थलमा चक्कु प्रहारका घटना बढेका छन् ।
गतवर्ष अगस्टमा पनि युनानको आवासीय जिल्लामा एक मानसिक रोगीले केही व्यक्तिलाई छुरीले आक्रमण गरेका थिए । सो घटनामा दुई जनाको मृत्यु भएको थियो भने अन्य सात जना घाइते भएका थिए । यस्तै जुलाईमा पनि दक्षिणपूर्वी प्रान्त ग्वाङ्डोङको एउटा किन्डरगार्टेनमा छुरा प्रहारको घटना भएको थियो । यस घटनामा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको थियो ।


















