१ लाख ७३ हजारले लिए राष्ट्रिय परिचयपत्र

चालु आर्थिक वर्ष २०७९–०८० मा सरकारले २० लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने घोषणा गरेपनि १ लाख ७३ हजारले मात्रै परिचयपत्र लिएको महालेखा परीक्षकको ६१ औँ प्रतिवेदनमा उल्लेख छ ।

२०८० साउनपछिको १ वर्षमा नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागार सहित १० कारागारको निर्माण गर्ने लक्ष्य राखे पनि एउटा मात्र कारागारको निर्माण पुरा भएको छ । क्षेत्रीय कारागार बाँकेको निर्माण पुरा भएको र नुवाकोटमा निर्माणाधीन कारागार अन्तिम चरणमा रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।