प्रतिनिधि सभा बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने

नेपाली कांग्रेसले संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आज अपराह्न पत्रकार सम्मेलन गर्ने भएको छ। बजेट पेस गर्ने संयुक्त बैठक (प्रतिनिधि सभा र राष्ट्रिय) पछि प्रतिनिधि सभा बैठक बस्नेछ। उक्त बैठक सकिएपछि कांग्रेसले संसद भवन परिसरमै पत्रकार सम्मेलन गर्ने भएको हो।

संघीय संसद भवन परिसरमा मंगलबार अपराह्न प्रमुख सचेतक रमेश लेखकले पत्रकार सम्मेलन गर्ने उनका स्वकीय सचिव जनक भट्टले जानकारी दिए। पत्रकार सम्मेलन समसामयिक राजनीतिक घटनाक्रम र सरकारले ल्याउने बजेटलगायतमाथि केन्द्रित रहनेछ।