अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२मा सरकारले सुनको सीमा विस्तार गर्ने भएको छ । । सङ्घीय संसद्मा बजेटका कार्यक्रम पेस गर्दै उनले अहिले कायम रहेको सुनको सीमा विस्तार गर्ने बताए । अहिले सरकारले २० किलोसम्म सुन दैनिक ल्याउन पाउने व्यवस्था गरेको छ । सरकारले नयाँ आर्थिक वर्षमा त्यसलाई बढाउने घोषणा गरेको हो ।
सुन व्यवसायीहरूले सुनको कोटा नपुगेको भनी गुनासो गरेपछि नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७९ जारी गर्दै सीमा २० किलोसम्म पुर्याएको थियो । अव सरकारले यसमा पनि सीमा विस्तार गर्ने भनेको छ भने कति विस्तार हुने उल्लेख छैन ।



















