मन्त्री यादवद्वारा स्वास्थ्यका उच्च अधिकारीको जिम्मेवारी हेरफेर

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्यका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको उनको स्वकीय उपसचिव निखिल बर्नवालले जानकारी दिए ।

आयुर्वेद विभागको महानिर्देशकको जिम्मेवारी डा.प्रदिप केसीलाई दिइएको छ । यस्तै इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखमा डा.यदुचन्द्र घिमिरे, भरतपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा.कृष्णप्रसाद पौडेल र कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी रविनराज सिंहलाई दिइएको छ ।