दक्षिणकालीको भीरमा एक महिला र पुरुषको शव फेला

काठमाडौंको दक्षिणकाली नगरपालिका ८ केराबारीको भीरमा एक जना महिला र अर्का एक जना पुरुषको शव भेटिएको छ । काठमाडौं-दक्षिणकाली सडकबाट करिब दुई सय मिटर तल भीरमा उनीहरुको शव भेटिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

शव नजिकै बागमती प्र ०३–०२–००७ प ३८१२ नम्बरको मोटरसाइकल पनि भेटिएकाले उनीहरू दुर्घटनामा परेको हुनसक्ने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जनाए ।

नेपाल प्रहरीको विपद् व्यवस्थापन टोली भीरबाट शव निकाल्न जुटेको जानकारी दिँदै उनले बुधबार साँझ शव देखेर स्थानीयले खबर गरेका बताए । प्रहरीले मृतक पुरुषको सनाखत हुन नसकेको तर महिला भने चाँगुनारायण नगरपालिका-५ की ३२ वर्षीया सविना राई भएको जनाएको छ ।