क्यासिनो प्यालेसमा छापा, एक करोडबढी बरामद

राजस्व अनुसन्धान विभागले दरबारमार्गस्थित क्यासिनो प्यालेसमा छापा मारेको छ । विभागको टोलीले सो क्रममा क्यासिनोबाट एक करोड पाँच लाख रुपैयाँ बरामद गरेको छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्र बहादुर बुढाका अनुसार विदेशी मुद्राको अवैध कारोबार गरेको सूचनाको आधारमा छापा मारिएको हो ।