सांसद एवं पूर्वमन्त्री प्रभु साहले मधेस प्रदेशका विद्यालयमा विद्यार्थीको अनुपात अनुसार शिक्षकको व्यवस्थापन हुनुपर्ने माग गरेका छन् । जिल्ला सदरमुकाम जलेश्वरमा आज आयोजित आमजनता पार्टीको जिल्ला भेलामा सांसद साहले मधेस प्रदेशको शिक्षास्तर निक्कै कमजोर भइसकेकाले राज्यको मूलधारको शिक्षामा ल्याउन विद्यार्थी अनुपात अनुसार शिक्षकको व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताए।
सरकारले मधेसको शिक्षालाई सशक्त र प्रभावकारी बनाउन पहल नगरेको भन्दै यसले तराई मधेसका बालबालिकाको भविष्य अन्धकारमय हुने खतरा बढेको उनले बताउएका छन् ।
सांसद साहले राज्यले सधैँ मधेस र मधेसीमाथि विभेद्कारी नजर राखेको आरोप लगाउँदै मौलिक अधिकारको रुपमा रहेको शिक्षालाई सबैको पहुँचमा पुर्याउन खबरदारी गरेका छन्। उनले शिक्षामा तराई मधेसका जनताले समान अवसर र स्थान पाउनुपर्नेमा जोड दिएको छ ।


















