असार नजिकिँदै गर्दा गाउँमा हजे घर्तीको महत्व निकै बढ्थ्यो । हरेक अधबैशे र बृदहरु उसको नाम लिएर भन्थे।“बेइमानलाई ल्याउन सके त हुन्थ्यो ,पैसा लिन्छ ,धोका दिन्छ“ हजेले गरेको काममा गुुण र परिमाणमा कसैले खोट लगाउँदैन थिए ।टंगिन ( अग्ला,अग्ला कान्लाभएको खेत)को कान्ला ताछ्न होस,आलि लाउन,बाउसे गर्न,उनी निकै सिपालु थिए।धान काट्न र चुट्न पनि उनलाई कसैले भेट्दैन थिए।२०४३/४४ सालतिर ४५ बर्षजतिकोे हजे माइला दोहोर आङ्का मध्यम कदका थिए।कामका लागि गाउँले उनलाई “राक्षस“ भन्थे।
काठमाडौं फर्पिङ डोल्लूका गाउलेहरुका लागि एउटा सपना थिए हजे।टाढाबाट हजे आएको देखेमा गाउँका मान्छे मनमनै कल्पना गर्थे “ यसलाई ल्याउन पाए त!!“ यति सोच्दा सोच्दै उनी नजिक आइसक्थे।भन्थे “म यो पटक तपाईंलाई धोका दिन्न फरक पर्दैन बरु १०० रुपैया दिइहाल्नुस।“ गाउँले दोमनमा पर्थ्यो ।दिउँ भने खाइदिन्छ,आइहाल्यो भने त चिठ्ठा नै पर्छ।हजेले अनेक कुरा गरेर किरिया खाएर पैसा भुत्काउँथे। गाउँमा लाठेको ज्याला १ सय रुपैया चलेको थियो।हजेलाई चाहिन्थ्यो १३० त्यसमा कुनै आपत्ति थिएन। उनको १३० मा तर्क हुन्थथ्योे म खाजा खान्न हजुरबा भन्नू हुन्थ्यो “ खाजा नखाई दिनभरी कसरी काम गर्ने“ हजे भन्थे “त्यसो भए आधा किलो चिउरा र एक छटाक चिनी ल्याईदिनु ।
तीन,चार जना परिवारमा हजेको मात्र कमाइ थियोे ।एक डेढ रोपनी पाखोबारी र सानो घर उनको सम्पति थियो खल्तीमा पैसा भएको बेला मदिरामा रमाउने बानीका कारण उनी सँधै अभाबमा हुन्थे। उनलाई रोपाइँँ र धान काट्ने बेलामा गाउँले ले रोज्थे।अरुबेला“ हजे के आइ रहन्थ्यो र यस्तो काममा“ भन्थे।आर्थिक अभावका कारण मान्नुपर्ला उनले धेरै जनासँग एकैै दिनको लागि पैसा उठाएर अन्तै काममा जान्थे ।
कामको लागि सबैका प्रिय भएपनि हजे सँधै अभावमा हुन्थे उनी कहिल्यै गहिरो चिन्ता र तनावमा भएको मैले पाइन।सँधै सामान्य नै हुन्थे।गाउँलेलेलाई काममा आउने कसम खाएर पैसा झार्ने बेमान गर्ने उनको बानी थियो। धेरै बच्चा खेर गएपछि अनेक गरेर उनको एउटा छोरो जन्म्यो।तर,विडम्बना छोरो जन्मना साथ आमा मरिन।अनेक गरेर सासू र उनी भएर छोरो हुर्काए।छोरो पनि भगवान कृष्ण जस्तै सुन्दर थियो।छोरो उदण्ड त थिएन साधारण स्वभावकै थियो।
पछि छोरो जवान भएपछि उसले बाउलाई कुटेर खुट्टा भाच्दीयो रे भन्ने हल्ला चल्यो।मैले छोरोलाई सोेधेँ पनि “ ए बाबू तैले बाउलाई कुटेर खुट्टा भाँच्दीस् रे भन्छन् त“ उसले अलिक लत्रिएको मनस्थितिमा भन्यो “ गाउँलेको हल्ला मात्र हो ,मैले कुटेको छैन“ यसरी गाउँको बाघ हजे माइलाको लठ्ठी र बैशाखीको भरमा मागेर अरुको निगाहामा बाँचेर।निधन भयो।

















