गौरीगञ्ज गाउँपालिका-१ बस्ने ४० वर्षीय लुखीराम मुर्मुको सोही ठाउँस्थित कमल खोलाले बगाएर बिहीबार दिउँसो मृत्यु भएको छ ।
नुहाउने क्रममा बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौककी कुञ्जिबारी र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा गौरीगञ्ज गाउँपालिका गाचचौरीस्थित कमल खोलाको किनारमा शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















