नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीकलाई थुनाको आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा (बादल)का छोरा प्रतीकलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । काठमाडौं जिल्ला अदालतले आज उक्त आदेश दिएको हो ।

ओली सरकारमा बादल गृहमन्त्री हुँदा प्रतीकले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गिरोहको सदस्यका रूपमा काम गरेको प्रहरी प्रतिवेदनको निष्कर्ष छ । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार थिए । थापालाई प्रहरीले गत शुक्रबार साँझ कपनबाट पक्राउ गरेको थियो ।