नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार बसेको बैठकमा क्रिकेटर सन्दीप लामिछानेलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको छ ।
सन्दीप बलात्कार मुद्दामा निलम्बन रहेको अवस्थामा उनी क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा थिएनन् । उनले उच्च अदालतबाट बलात्कार मुद्दा सफाइ पाएपछि विश्वकप समेत खेलेका थिए ।
ए ग्रेडमा कप्तान रोहित पौडेलसहित सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल रहेका छन् । यसमा अब सन्दीप पनि समेटिएका छन् । ए ग्रेड मा परेका खेलाडीलाई क्यानले मासिक १ लाख रुपैयाँ तलब दिँदै आएको छ ।

















