आज दिउँसोका लागि तय भएको राष्ट्रियसभाको बैठक स्थगित

आज तय भएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आइतबार अपराह्न १:१५ बजेका लागि तय भएको सभाको बैठक स्थगित भएको जानकारी एक सूचनाबाट दिइएको हो ।

विशेष कारणले बैठक स्थगित भएको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ भने अब अर्को बैठक सोमबार बिहान ११:३० बजे बस्ने संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।