कालीकोटमा चट्याङ लागेर १४ भेडा मरेका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका-६ चुलीको लेकमा रहेको भेडीगोठमा चट्याङ पर्दा सोमबार १४ भेडा मरेका हुन् ।
खाँडाचक्र नगरपालिका-६ का स्थानीय लङ्क शाही र खम्म शाहीका १४ वटा भेडा मरेको र २० वटा भेडा घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख अर्जुन केसीले बताए । उनले भने, ‘प्रारम्भिक रिपोर्टअनुसार १४ भेडा मरेका छन । स्थानीय १७ वर्षीय निराजन शाही सामान्य घाइते हुनुभएको छ ।’
वर्षाको समयमा लेकमा चरन हुने भएकाले कालीकोटका पशुपालक किसानले लेक तथा पाटन क्षेत्रमा चरीचरनका लागि भेडाब्राखा, घोडा, भैँसी लैजाने गर्दछन् ।


















