पार्टीविरुद्ध षडयन्त्र सुरु भएपछि अध्यक्ष नेपाल गम्भीर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध षड्यन्त्र सुरु भएको बताए ।

बिहीबार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको केन्द्रिय कमिटीको बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टीविरुद्ध विभिन्न षड्यन्त्रका तानाबानाहरु बुनिँदैछन् भन्नेकुरा पनि सुन्नमा आएको बताएका हुन् ।

अध्यक्ष नेपालले सो बारेमा यकिन नभइसकेपनि पार्टीविरुद्ध षड्यन्त्र सुरु भएको बताए । उनले षड्यन्त्रका विरुद्धमा गहन विश्लेषण गरेर जानकारी हाँसिल गर्नुपर्ने बताए । उनले पार्टीले पूर्ण शतर्कता अपनाउनुपर्ने बताउँदै आफू गम्भीर भएको बताए ।

अध्यक्ष नेपालले विभिन्न राजनीतिक दलहरुसँग, राजनीतिक शक्तिहरुसँग संवाद जारी राख्नुपर्ने पनि बताए ।