सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रालयको जिम्मेवारी हेरफेर गरेका छन् । साउन ६ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट १० मन्त्रालयबाट झारेर ७ मन्त्रालय कायम गरेका मुख्यमन्त्री सोडारीले मन्त्रालयगत जिम्मेवारी पनि हेरफेर गरेका हुन् । अक्कल बहादुर रावलले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यसैगरी कैलाश चौधरी भौतिक पूर्वाधार विकाश मन्त्रालय, लक्ष्मी विक आन्तरिक मामिला तथा कानून मन्त्रालय, टिका थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, ओम विक्रम भाट सामाजिक विकाश मन्त्रालय र माया पन्तलाई उद्योग पर्यटन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।भागबन्डाका लागि फुटाएर १० मन्त्रालय पुर्याएका सोडारीले पुन: ७ नै कायम गरेका छन ।
असार १७ गते प्रमुख ठुला दल कांग्रेस र एमालेबिच भएको राजनीतिक सहमतिपछि प्रदेश सरकारबाट एमाले बाहिरिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका छन् । योसँगै उनी महिना दिन नपुग्दै मन्त्रालय सङ्ख्या घटाएर जिम्मेवारी पनि तोकेका हुन् ।



















