परराष्ट्रमन्त्री डा।आरजु राणा देउवा आज भारत भ्रमणमा जाँदै छिन् । भारतीय समकक्षी डा।एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा पाँच दिनको भ्रमणका लागि भारततर्फ जान लागेकी हुन् ।
भ्रमणका क्रममा दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझै प्रगाढ तुल्याउने तथा नेपाल–भारतबीचको सहकार्य प्रवर्द्धननबारे छलफल हुने बताइएको छ ।


















