एक वर्षको अवधिमा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार आव २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । यो अघिल्लो आव २०७९/८० को तुलनामा १६.५ प्रतिशत धेरै हो ।
नेपाल राष्ट्र बैंकको यो आंकडा अनुसार यस आवमा मासिक १ खर्ब २० अर्ब रुपैयाँले रेमिट्यान्स भित्रिएको छ । आव २०७९/८० मा रेमिट्यान्स २३.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स यस वर्ष १० अर्ब ८६ करोड भित्रिएको छ । यो गत आवको तुलनामा १४.५ प्रतिशत धेरै हो । अघिल्लो आवमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशत धेरै भित्रिएको थियो ।
यस वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या केही कम भए पनि रेमिट्यान्स आप्रवाहले भने कीर्तिमान बनाएको हो । एक वर्षमा नयाँ अन्तिम श्रम स्वीकृति लिनेको संख्या ४ लाख ६० हजार १०३ रहेको छ । यस अवधिमा पुन: श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ लाख ९७ हजार ७०४ र २ लाख ७७ हजार २७२ जनाले नयाँ तथा पुन: श्रम स्वीकृति लिएका थिए ।

![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-600x400.jpg)









![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-150x150.jpg)






