रास्वपाले आजदेखि राजनीति आर्थिक समृद्धिका लागि’ भन्ने अभियान सुरु गर्दै

८ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आजदेखि ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गर्दैछ । अभियानको आज दिउँसो १ बजे बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच आरम्भ हुनेछ ।पार्टीको केन्द्रीय स्टार्टअप तथा नवप्रवर्तन विभाग, उद्योग तथा बाणिज्य विभाग, उत्पादन प्रवद्र्धन विभाग, कृषि विभाग र अनुसन्धान तथा अभिलेखीकरण विभागको संयोजनमा रास्वपाले ‘अबको राजनीति आर्थिक समृद्धिका लागि’ भन्दै अभियान सुरु गर्न लागेको हो ।यो अभियानका क्रममा नेपाली उत्पादनहरुको प्रवद्र्धन गर्दै स्टल प्रदर्शनीसहित विभिन्न विषयमा नीति मन्थन गर्ने रास्वपाले जनाएको छ ।