skip this काठमाण्डौं महानगरपालिका ११

ललितपुरको महालक्ष्मी नगरपालिकाका गरिब तथा जेहनदार बिद्यार्थीको अभिभावकत्व प्रदान गर्दै नन्दकिशोर श्रेष्ठ

नन्दकिशोर श्रेष्ठ , नेपाल उद्योग बाणिज्य महासंघको पूर्व केन्द्रीय सदस्य हुनु हुन्छ । नन्दकिशोर प्रष्ठिान स्थापना गरि उक्त प्रतिष्ठानमार्फत ललितपुरको महालक्ष्मी नगरपालिकामा शिक्षा, स्वास्थ्य र अन्य सामाजिक क्षेत्रमा सक्रिय श्रेष्ठले अहिले सम्म ४० हजार भन्दा बढी बिद्यार्थीलाई कापी बितरण गरिसक्नु भएको छ । प्रस्तुत छ श्रेष्ठसंगको कुराकानी

तपाई नेपाल उद्योग बाणिज्य महासंघको पूर्व केन्द्रीय सदस्य हुनुहुन्छ, एक जना उद्यमीको हैसियतले भन्नु पर्दा अहिले नेपालमा उद्योग ब्यबसायको अवस्था कस्तो छ ?
म उद्योग बाणिज्य महासंघमा बस्तुगत संघहरुको तर्फबाट नेपाल उद्योग बाणिज्य महासंघको पूर्व केन्द्रीय सदस्य भएको हुँ । मैले बिगतमा मुद्रण उद्योग सञ्चालन गर्दै आएको थिए । अहिले तिब्र प्रतिस्प्रर्धा, कच्चा पदार्थको मुल्य वृद्धि आदिले गर्दा मुद्रण उद्योगको अवस्था सन्तोषजनक छैन । जहाँसम्म सम्पूर्ण उद्योग ब्यवसायको अवस्थाको कुरा छ, समग्रमा पनि सरकारी नीति नियम पनि उद्योग मैत्री नभएकोले समस्या भयो भनेर बिभिन्न बस्तुगत संघ नेपाल उद्योग बाणिज्य महासंघ, चेम्बर अफ कमर्सले भनिरहेका
छन् । त्यसैले केही समस्या छन् ।
भने पछि उद्योग ब्यबसायको अवस्था मध्यम खालको हो ?
हो न उत्तम न खत्तम, मध्यम खालको छ । सरकार समक्ष समस्या सुधार्न आग्रह गरेका छौ, सुधार हुने आशामा छौ ।
पछिल्लो समय यहाँ ब्यबसायमा भन्दा पनि नन्दकिशोर प्रतिभा प्रतिष्ठान मार्फत शिक्षा क्षेत्रमा समाज सेवामा सक्रिय हुनु हुन्छ, गतिबिधि कसरी अगाडि बढाई रहनु भएको छ ?
मैले नन्दकिशोर प्रष्ठिान भनेर आज भन्दा २७ बर्ष अगाडि स्थापना गरेको थिए । उक्त प्रतिष्ठानले शिक्षा, स्वास्थ्य र अन्य सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । प्रतिष्ठानको कार्यक्षेत्र ललितपुरको हालको महालक्ष्मी नगरपालिका रहेको छ । पहिलाका लामाटार, टिकाथली, हरिसिद्धिपुर, लुभु र इमाडोल गरि पाँच वटा गाबिस गाभेर महालक्ष्मी नगरपालिका बनेको हो । प्रतिष्ठानको मुख्य उद्देश्य उक्त क्षेत्रमा बिशेष गरी सार्वजनिक शिक्षालाई राम्रो बनाउने हो । प्रतिष्ठानको उद्देश्य अनुरुप स्थानीय समासेवी, शिक्षाप्रेमी, र बिज्ञ ब्यक्तित्वसँग सल्लाह गरेर स्थापना गरेका थियौ । उक्त क्षेत्रको मुख्य समस्या बालबालिका नियमित रुपमा बिद्यालयमा अध्ययन गर्न नजाने थियो । बिचमा पढाई छाड्ने पनि थियो । यो समस्या समाधान गर्न बिद्यार्थीहरुलाई निशुल्क रुपमा कापी किताब दियो भने बिद्यार्थी नियमित रुपमा बिधालय आउन सक्छन भनेर कक्षा पाँच सम्मका बिद्यार्थीलाई कापी किताब निशुल्क रुपमा प्रतिष्ठानबाट बितरण गर्दै आएका छौं । दोस्रो महालक्ष्मी नगरपालिका भित्रका बिद्यालयबाट राम्रो नतिजा ल्याउने बिद्यार्थीलाई प्रोत्साहन गर्न राम्रो अंक ल्याउनेलाई नगद तथा छात्रवृत्ति दिने गरेका छौ । उच्च शिक्षा पढ्न समस्या परे ११र १२ कक्षामा पढ्नलाई आर्थिक सहयोग गर्दछौ । ११ र १२ कक्षामा पढ्नलाई भर्ना हुन नसके छात्रवृत्ति दिने गरेकाछौ । यसैगरी शिक्षकहरुलाई कदर स्वरुप उक्त क्षेत्रका ११ बटा बिद्यालय मध्ये एसइइमा बिद्यार्थीले जुन शिक्षकले पढाएको बिषयमा बढी नम्बर ल्याएका छन् उक्त बिषय पढाउने शिक्षकलाई पनि सम्मान गर्ने गरेका छौ, टोटल नम्बर बाई टोटल बिद्यार्थीको सुत्र प्रयोग गरी बढी नम्बर ल्याउने बिषय छान्छौ । बढि प्रतिशत बिद्यार्थी पास गराउने बिद्यालयलाई पनि रनिङग शिल्ड मार्फत उत्साहित गरेका छौ । शिल पच्न लगातार तीन पटक सर्वप्रथम हुनु पर्दछ । त्यसैले शिल घुमिरहेको छ कहिले कुन बिद्यालय कहिले कुन बिद्यालयमा पुग्दछ । रिजल्ट आउँदा साथ शिक्षक बिद्यालयले सम्मान पाउने नपाउने आफै थाहा पाउँछन् । आधार भूत तहका बिद्यालयको पनि नम्बरका आधारमा सम्मान गर्दछौ ।
अहिलेसम्म कति बिद्यार्थीलाई कापी किताब प्रदान गर्नु भयो ?
हामीले बर्षमा १८ सयदेखि दुई हजार बिद्यार्थीलाई कापी बाढ्छौ । यसरी प्रदान गर्न थालेको करिब २२ बर्ष भयो । यसरी हेर्दा करिब ४० हजार भन्दा बढी बिद्यार्थीलाई कापी बितरण गर्यौ । हाम्रो क्षेत्रमा १४ बटा बिधालय छन् । ११ बटा माबि र ३ बटा आधारभुत बिधालय छन् । हामीले यो बर्ष इसिडि अर्थात आधार भुत तहको शिक्षकलाई कसरी राम्रो गराउने भनेर पनि इसिडिका शिक्षकलाई बोलाएर सल्लाह
ग¥यौ ।
इसिडि शिक्षालाई सुधार गर्न सरकारलाई के कस्तो सुझाव दिनु हुन्छ ?
इसिडि शिक्षालाई सुधार गर्न सरकारले बिद्यार्थी संख्या हेरी शिक्षक पठाउनु पर्दछ । अहिले इसिडिका शिक्षकलाई निजि स्रोत र नगरपालिकाको बजेटबाट तलब दिइने गरेको छ जुन अत्यन्त कम १६, १७ हजारमात्र छ । त्यस्तै शिक्षकहरुमा पनि आधारभुत तहका बालबालिकालाई कसरी पढाउने भन्ने तालिमको पनि कमि छ । अभिभावकमा पनि चेतनाको कमिले घरमा पनि पढाउनु पर्दछ भन्ने साेंच छैन । अभिभावकलाई पनि सचेत बनाउनु पर्दछ । त्यसको निम्ति सरकारी निकायबाट बेला–बेला अनुगमन हुनु पर्दछ ।
प्रतिष्ठानका गतिबिधि बढी ललितपुरको महालक्ष्मी नगरपालिका जुन सुगममा पर्दछ मात्र केन्द्रित भएको बताउनु भयो अन्य क्षेत्र त्यसमा पनि दुर्गममा बिस्तार गर्ने योजना छ छैन ?
प्रतिष्ठानले जे निर्णय गर्दा पनि सामुहिक रुपमा बैठक वसेर गर्दछौ । प्रतिष्ठानमा सात जनाको कार्य समिति छ । सबै बिद्यालयका हेड सर पनि कार्य समितिमा हुनु हुन्छ । ८४ जना आजिवन सदस्य हुनु हुन्छ । जहाँसम्म बिस्तारको प्रश्न छ बिस्तार गर्न क्षमताले पनि धान्न सक्नु प¥यो । अहिले बिस्तार गर्ने भन्दा भएकोलाई अझ बढी गुणस्तरीय बनाउनेमा हामी केन्द्रित छौ ।
यसरी निःशुल्क कापी बितरण गर्दा पनि कापी किन्न रकम चाहिन्छ बजेट कसरी जुटाउनु हुन्छ ?
बजेट चाहिन्छ खर्च लाग्दछ । त्यसको निम्ति हामीले केही रकम मुद्दती खातामा राखेका छौ । त्यसको ब्याजबाट केही रकम आउँछ । यस्तो कार्यक्रम गर्दैछौ भने पछि केही रकम साथीभाईबाट सहयोग आउँछ नपुगेको म आफैले थप्ने गर्दछु । म लुभुमै जन्नमेको हुँ केही पैतृक सम्पति छ । ब्यबसायबाट पनि आम्दानी हुन्छ नपुगे त्यसबाट पनि खर्च चलाउछु ।
यस्तो समाज सेवामा लाग्न यहाँलाई के कुराले प्रेरित गर्यौ ?
यस्तो समाज सेवामा लागे भगवान्ले हेर्दछन् भन्ने मान्यता ममा पनि छ । त्यही भनेर म समाज सेवामा लागे र मलाई समाज सेवा गर्न हृदयदेखि नै मन पर्छ । सेवा नै धर्म हो भन्ने बुझेको छु ।
समाज सेवामा लाग्दा पारिवारिक सहयोग कस्तो छ ?
मेरो बुवा आमा पनि समाजसेवी हुनुहुन्थ्यो । म आफै पनि यसमा रमाएको छु । मलाई श्रीमती, छोरा छोरी, बुहारी सबैको राम्रो साथ र सहयोग छ ।
अब भाबि दिनमा प्रतिष्ठानका काम कसरी अगाडि बढाउनु हुन्छ ?
हाल प्रतिष्ठानको कार्यक्षेत्र ललितपुरको महालक्ष्मी नगरपालिका रहेको छ । पहिलाका लामाटार, टिकाथली हरिसिद्धीपुर, लुभु र इमाडोल गरी पाँच वटा गाबिस गाभेर अहिलेको महालक्ष्मी नगरपालिका बनेको
हो । प्रतिष्ठानको मुख्य उद्देश्य यस क्षेत्रको बिशेष गरी सार्वजनिक शिक्षालाई राम्रो बनाउने हो । प्रतिष्ठान त्यसमै लाग्दछ यस बाहेक स्वास्थ्यको क्षेत्रमा पनि काम गर्दछौ । यसमा निःशुल्क आँखाको परिक्षण कानको परिक्षण, स्वास्थ्य शिविर संचालन गर्दछौ । यस्तै गर्दै आएको कामलाई अझ गुणस्तरीय बनउनलाग्दछौ ।
सरकारी सहयोग कस्तो छ ?
हामीले सरकारी सहयोग मागेका छैनौ, नमागे पछि आफै दिने कुरा पनि भएन । यद्यपि केही नीतिगत बिषय भएमा सरकारी निकायमा भन्छौ सुनुवाई पनि भएको छ । जस्तो कि एकपट हाम्रो क्षेत्रका बिद्यालयमा एसइइमा अर्थशास्त्र बिषयमा बिद्यार्थीको नम्बर कम आयो जसले गर्दा जिपिए कम भयो, हामीले अर्थशास्त्र पढाउने सबै शिक्षकलाई बोलाएर कारण सोध्यौ, उहाँहरुले अर्थशास्त्रमा प्राक्टीकल नभएकोले नम्बर थोरै आएको बताउनु भयो । लेखामा पनि नयाँ र पुरानो मेथड कुन अपनाउने भन्ने दोधार भएकोले समस्या रहेछ । यो समस्या राष्ट्रिय परिक्षा बोर्डमा गएर भन्यौ । त्यहाँको प्रमुख वर्तमान अध्यक्ष मासम शर्माले अर्थशासत्रमा पनि प्राक्टीकल राख्न र लेखा बिषयमा एउटै बाट सिकाउन निर्देशन दिनु भयो । त्यसको अर्को सालबाट अर्थशास्त्र बिषयमा २५ नम्बरको प्राक्टीकल भयो । लेखामा एउटै प्रणाली लागु भयो । यसरी उचित सल्लाह सरकारी निकायले पनि सुन्ने गरेका छन् ।
शिक्षाकै कुरा गर्दा अहिले त बिद्यार्थी देशमा बस्ने भन्दा बिदेशमा पठाउने खालको मात्र देखिन्छ । बिद्यार्थी देशमै रोक्न के गर्नु पर्ला ?
बिदेशमा जाने सामुदायिक बिद्यालयका भन्दा निजि बिद्यालयका बिद्यार्थी बढी छन् । सामुदायीक बिद्यालयका बिद्यार्थी नै बढी सरकारीसेवामा छन् । अहिले बिद्यार्थी बिदेशीनुको कारण देशमा रोजगारी नपाएर हो । यदि प्राबिधिक शिक्षा दिने हो भने देशमै काम पाईन्छ । कक्षा दश पास गरे पछि काम गर्दै कमाउर्दै गर्न पाए कोही बिदेश जादैनन । ११, १२ पढ्दा कमाउन पाए बिदेश जादैनन । त्यसैले रोजगार मुलक शिक्षा दिनु नै बिदेश जानबाट रोक्ने उपाए हो, त्यसको निम्ति स्थानीय आवश्यकता अनुरुपको प्राबिधिक शिक्षा दिनु पर्दछ ।