समुद्री आँधीले भियतनाममा व्यस्त पुल भत्कियो, कार र स्कुटर बगायो

उत्तरी भियतनाममा ‘सुपर टाइफुन’यागीका कारण एक व्यस्त पुल भत्किँदा कैयौँ सवारीसाधन पानीमा डुबेका छन् । सोमबार फु थोक प्रान्तको फोङ चाउ पुल भत्किँदा दश वटा कार र दुई वटा स्कूटर रेड नदीमा खसेको छ । उक्त सवारी नदीमा खस्दा कम्तीमा १३ जना बेपत्ता भएका छन् । हालसम्म नदीबाट कम्तीमा तीन जना मानिसहरूको उद्धार गरिएको छ ।

पछिल्लो ३० वर्षमा भियतनाममा आएको सबैभन्दा शक्तिशाली आँधीले देशको उत्तरी भागमा विनाश निम्त्याएको छ भने १५ लाख मानिसलाई बिजुलीविहीन बनेका छन्। प्रतिघण्टा २०३ किलोमिटरको वेगको यस आँधीबाट २४० भन्दा धेरै मानिसहरू घाइते बनेका छन्। यो एशियामा यस वर्ष देखा परेको सबैभन्दा शक्तिशाली तुफान हो।