माघ, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सूरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले आज विज्ञप्ति जारी गर्दै आज मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको जनाएको छ । मौन अवधि माघ११ गते मतदान सम्पन्न नभएसम्मका लागि हनेछ ।मौन अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइने छैन ।यस्तै, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने आयोगको बिज्ञप्तीमा उल्लेख छ ।



















