अच्युतप्रसादपौडेल ‘चिन्तन’
धर्म के हो ?
धृ धातुबाट बनेको धर्म शव्दले धारण गर्नु, अवलम्वन गर्नु र पालन गर्नु भन्ने बुझिन्छ । अमरकोशका अनुसार प्राचीन साहित्य वेदले बताएको कर्म गर्नुलाई धर्म भनिन्छ । सदाचार र यज्ञादि कार्य जो प्राणिहित, मानवोचित कल्याणकारी कार्य छन् तिनलाई धर्म भनिएको छ । भागवतले पनिधर्मलाई यसैअनुरुप परिभाषा गरेको छ । मनुस्मृतिले धर्मलाई संसार सुरक्षित र यस लोकको सुख र पारलौकिक कल्याण समेत भनेर परिभाषा गरेको छ । न्यायशास्त्रले वेदले बताएको सुख र पारलौकिक कल्याणसमेत भनेर परिभाषा गरेको छ । वेदले बताएको कर्म नै धर्म हो भनेको छ । वैशेषिकदर्शनले मानिसमाउदयदेखि सिद्धिप्राप्ति र मोक्षप्राप्ति सम्मलाई धर्म भनेको छ । जैमिनिसूत्रले मानवले गर्नुपर्ने कार्यकाविधानलाई धर्म भनेको छ । महर्षि वेदव्यासको शब्दमा परोपकार गर्नुलाई धर्म भनिएको छ । याज्ञवल्क्यऋषिकाअनुसार योगमा समाहितभएर आत्मत्तत्वको दर्शन गर्न सक्नु नै धर्म हो । धर्म शब्दका अर्थ धेरै भएकाले शब्दकोशले धर्मलाइधर्मराजको रुपमा, समानताको रुपमा, नियमको रुपमा, इमान–जमानको रुपमा, कानून, नैतिकशास्त्र, धर्मशास्त्र, उपनिषद्, तौरतरिका, उचितअनुचितको विचार, भक्ति, सत्संग, मान्यजनको आदर, सुख, शान्तिकाकार्य, जनकल्याणको रुपमालिएको छ । छान्दग्योपनिषदले धर्मलाई यज्ञ, अध्ययनदेखि दान र गृहस्थधर्मका सम्पूर्ण कार्यहरु, ब्रह्मचर्यमा बसेर गुरुसेवा र सत्य र प्रियबोलीदेखि मानवोचितनियमपालनगर्नु र विभिन्नआश्रममा रहेर तपगर्नु भन्ने समेतलाई बुझाउँछ । विलक्षण मानवीयकत्र्तव्य, आत्मज्ञानको प्राप्ति, इन्द्रियहरुको तपसमेतलाइधर्म भनिएको छ । कत्र्तव्य, धर्म आचरणको सुरुमार्ग सदाचार नै हो । सरल अर्थमा भन्नुपर्दा आफूलाई ठीक नलाग्ने कार्य अरुको लागि पनि नगर्नु धर्म हो । धर्मको परिभाषा भिन्नभिन्न रुपमा भएको छ । स्वाध्याय, दान, परोपकार, अहिंसा, सदाचार, संस्कार, आत्मबोध, योग आदिलाई धर्म भनिएको छ । जेहोस्, आफ्नो लागि जुन काम कुराहरु राम्रो लाग्दैन त्यो अरुलाई पनि नराम्रै लाग्छ ।
धर्मको स्वरुप
धर्मलाई आफूले संरक्षण गर्र्यो भने, रक्षा गर्यो भने धर्मले पनि आफूलाई र सबैलाई रक्षागर्ने हुँदा प्रत्येक मानवले धर्मको स्वरुप के हो भन्ने बारे जानकारी राख्नु पर्ने हुन्छ । परब्रह्म परमात्माको इच्छाले सृष्टिकर्ता ब्रह्माजीको दायाँ स्तनबाट उत्पन्न भएका देवता जसका दायाँ हातमा अक्षमाला बायाँ हातमा पुस्तक र सबै अंगमा गहनाले सुशोभित, सेतोवर्णका, सेतै पहिरन भएका, चारमुख, चारपाउ, चारबाहु भएका सगुण, साकार र सशरीरधारी परमपुरुषलाई धर्मको स्वरुपबताइएको छ । विष्णुधर्माेत्तर ग्रन्थ ।
हरिवंशपुराणले धर्मका ४ पाउलाई मानवको ४ आश्रम बताएको छ । ब्रह्मचर्यआश्रम मानव जीवनको स्वाध्याय हो । गृहस्थाश्रम उसको पवित्रता हो । वानप्रस्थाश्रम उसको तपस्याहो । सन्यासआश्रमबाट आत्मचिन्तनतत्वबोध हुनेहुँदामानवमायीचारआश्रम नै धर्मको स्वरुपहो भनिएको छ ।
हरिवंश पुराणले नै धर्मका ५ पाउ बताउँदै सत्ययुगमा धर्मको ४ पाउ र १ पाउ अधर्म, त्रेतायुगमा तीन पाउ धर्म र २ पाउ अधर्म, द्वापर युगमा २ पाउ धर्म र ३ पाउ अधर्म, कलियुगमा १ पाउधर्म र ४ पाउ अधर्म हुने बताएको छ । विभिन्न कथा पुराणहरुमा द्वापरयुगदेखि नै महाभारतका युद्ध ताका, धर्मले आफ्नो पहिचान पाउन गाह्रो परेका विभिन्न कथा प्रसंगले यी स्वरुपमा सत्यता भएको प्रतीत हुन्छ ।
श्रमद्भगवत् गीताको प्रतीपादन यसै बेला भएको र भगवान् श्रीकृष्णले आफ्नै धर्ममा रहेर बरु मृत्यु वरण नै ठीक हुन्छ, परधर्म ठीक हुँदैन भन्नुभएको छ । पाचाँै वेद महाभारत आदि ग्रन्थहरुमा धर्म र दर्शनका बारे सरल र जीवनोपयोगी भावहरु व्यक्त गरिएकाले त्रेतायुगदेखि नै धर्म चिन्तनमा समस्या आएको पनि देखिन्छ । त्यसो त सत्ययुगमा पनि हिरण्याक्ष र हिरण्यकश्यपुको डर नभएको होइन । कलियुगमा चाहिँ धर्मको केवल १ पाउ मात्र बाँकी भएकाले विघ्न वाधाहरु बढी हुनु स्वाभाविकहो । धर्म दर्शन हो, जीवनदर्शन हो । धर्म प्रदर्शन चाहिँ कदापि होइन ।
धर्मको लक्षण
विष्णुधर्माेत्तरग्रन्थअनुसार शुभकर्म– यज्ञ, दान, तप, दया, क्षमा, सत्य, अहिंसा, स्वाध्याय, तीर्थसेवा, देवपूजा, गुरु, मातृपितृ सेवा, इन्द्रियनिग्रह, आत्मचिन्तन, पवित्र सामाजिकसेवाआदिधर्मका लक्षणहरु हुन् । याज्ञवल्क्यस्मृतिका अनुसार धर्मका लक्षण भनेको देश र काल हो । जहाँ हिंसा (तन, मन, धन) हुँदैन, त्यो देश र काल भनेको समय अर्थात् समयअनुसार पर्व विशेष दान, व्रत, होम, श्राद्धादि कार्य, शुभकार्य, पुण्यकार्य आदि गरिन्छन् ती धर्मका लक्षणहरु हुन् । स्थानविशेष र समयविशेषका साथै धर्मको लक्षण उपायविशेष पनि हुने गर्छ । धर्मशास्त्रले बताए अनुसारका कार्य गरिनेलाई उपायविशेष भनिन्छ भने कसैलाई वाधा अड्चन नदिई कमाएको धन, द्रव्य, अन्नआदि प्रेमका साथ अरुलाई वितरण गर्नु पनि धर्मको लक्षण भनिएको छ । धार्मिक राजा जनक, रन्तिदेव, युधिष्ठिरहरुले स्वर्गीय आनन्दभन्दा पनि दु:खीको दु:खलाई बढी ध्यान दिए, त्यसैले शास्त्रविरुद्ध नभएका शुभकार्य र कुलपरम्पराअनुसार सात्विक, तपस्वी, साधकहरुले चलनचल्तीमा ल्याएका असल कार्यहरु पनि धर्मका लक्षण भनी मान्न सकिन्छ ।
धर्मको स्वरुप र लक्षण यही नै हो भन्न कठिन भए पनि धर्मशास्त्रहरुमध्ये मनुस्मृति, याज्ञवल्क्यस्मृति, धर्मसिन्धु, निर्णयसिन्धु, वेदहरु, उपवेदहरु, उपनिषदहरु, अठारपुराण, उपपुराणहरु, महाभारत, रामायण, न्याय, मीमांसा, व्याकरण, ज्योतिष, निरुक्त, कल्प, शिक्षाशास्त्र, छन्दशास्त्र आदि अध्ययनगर्दा धर्मका बारेमा सामान्य जानकारी भने पाउन सकिन्छ ।
धर्मका प्रकार
विश्वमा धेरै प्रकारका धर्महरु प्रचलनमा छन् । सनातनधर्म, बौद्धधर्म, जैन धर्म, शिख धर्म, यहुदी धर्म, मुस्लिम धर्म, क्रिश्चियन धर्म, कन्फ्युसियस धर्म, सिन्तो धर्म, पारसी धर्म आदि । यी धर्महरु मध्ये सबैभन्दा प्राचीन धर्म वैदिक सनातन धर्म नै हो । यसलाई हिन्दु धर्म पनि भनिन्छ । ॐ कार परिवार भित्र– हिन्दु, बुद्ध, शिख र जैन धर्म चारधर्म पर्दछन् । विश्वमा झण्डै एकअर्ब मानिसहरु ॐ कारपरिवारभित्र रहेका छन् । वेदाचार, सदाचार ॐ कारलाई मूल मन्त्र मान्ने, गाईको सेवा गर्ने देवताको पूजा गर्नेलाई सनातनी भनिन्छ । सनातनी र हिन्दु पर्यायीशब्दहुन् । हीनकार्यबाट दूर रहनेको नाम हिन्दु हो । सिन्धु शब्दबाट हिन्दु भएको हो । भाषा विज्ञानको तर्क छ । हिमालयको क्षेत्रदेखि दक्षिण सिन्धुक्षेत्रसम्मका फराकिलोक्षेत्र भएकाले उत्तरदेखि दक्षिणसम्म र चारैतिर फैलिएकाहरु हिन्दु भनिनलागेको हुनसक्छ । हिन्दु र सिन्धुको जोडले यस्तो आभास हुन्छ । काम, क्रोध, लोभ, मोहबाट टाढा रहेका अनैतिक कार्य, हिंसा, चोरी, घमण्डबाट टाढा रहेका सदाचारी व्यक्ति, जसले वेदमा विश्वास गर्छन् वैदिक कार्यमा रहन्छन् तिनलाई नै हिन्दु भनिन्छ । धर्माचरणबाट मानिसलाई सुख हुन्छ । शान्ति र आत्मगौरवसमेत हुन्छ । यो लोक र परलोक दुबैको कल्याण हुन्छ । परमेश्वर सर्वत्र, सगुण, साकारमा र निर्गुण निराकारमा सम्पूर्ण प्राणी स्थावरसम्म रहन्छन् भन्ने बहुजनहिताय, बहुजनसुखायभन्ने कल्याणको भाव राख्ने व्यक्तिहिन्दु भनिन्छ । संसार अनित्य छ । मृत्यु अघि र पछि केवल धर्मले मात्र साथ दिन्छ भन्ने विश्वासमा रहेकालाई सनातनी भनिन्छ । धर्म एउटा मित्र हो जसले हर दम काम दिन्छ । आपूmले कमाएका अन्य सबै साधन अस्थाई हुन्, धर्म मात्रै स्थायी हो भन्ने भावना बोकेकाहरु नै हिन्दु हुन् ।
संस्कार, संस्कृति र धर्म
प्रकृतिरुपी शक्तिमा यो सारा ब्रह्माण्ड चलेको छ । सम्पूर्ण चराचर जगत्को सिर्जना, पालना र संहार यसै प्रकृतिमाहुने गर्छ । चारप्रकारको मुख्यसिर्जना– क) अण्डज ख) स्वेदज ग) उद्भिज र घ) जरायुजहुन् । जरायुज प्रकृतिको सृष्टिमा मान्छे पनि पर्छ । संसारमा २ प्रकारका वस्तुहरु छन्– क) प्राकृतवस्तु र ख) संस्कृत वस्तु । जे जस्तो छ त्यो प्राकृत र त्यो त्यस्तोमा परिस्कृत चाहिँ संस्कृत हो । सम्पूर्ण विश्वको रचना गर्ने पौरुषेयको क्षेत्र प्रकृति नै हो अर्थात् माया । पुरुषकी कार्यरुपा योगमायाको शक्तिले परम सत्ता सञ्चालक बनेका परमेश्वरका सृष्टिमा असम्भव वस्तु केही छैन । दृश्यदेखि अदृश्यपदार्थको सञ्चालन गरेर भौतिकविज्ञान अगाडि बढेको छ । भौतिकविज्ञानले प्रयोग गर्ने र आविष्कार गर्ने स्थल प्राकृत विज्ञान नै हो । पानी विना बिजुली सम्भव छैन ।






















