नेपाली पत्रकारीता क्षेत्रमा हामीले sannnews.com नामको अनलाईन सुरु गरेका छौ । षन्तोशी ईन्टरनेशनल प्रा.लि ले sannnews.com सुरु गरेको हो । पछिल्लो समय बिश्व सहित नेपालमा पनि सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य बिकास भएको छ । संचार माध्यमको भिडमा sannnews.com कोे मुख्य उद्देश्य जनतालाई सत्य र निष्क्ष समाचार दिएर सूसूचित गर्नु हो । नेपालमा पछिल्लो समय मिशन पत्रकारिता र व्यवसायीक पत्रकारिताका अभ्यासहरु हामीले प्रत्यक्ष अनुभव गरेका छौं । यी सबै अनुभवबाट हामीलाई लाग्यो जनतालाई सत्य र निष्क्ष समाचार दिने अनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्म अनुरुप चल्ने मिडियाको अहिले पनि खाँचो छ । यही खाँचो पुरा गर्न र निष्पक्ष र सन्तुलित समचार दिई पत्रकारिताको मूल मर्मलाई आत्मसाथ गर्दै अगाडी बढ्ने सोच सहित हामीले यात्रा सुर गरेका छौ । हाम्रो पत्रकारिता जनतालाई सही सूचना सम्प्रेषण गर्न सदैव प्रतिवद्ध रहने छ । हामीले आफ्नो यात्रामा पित पत्रकारितालाई बढवा दिने छैनौ । जनतालाई सही र सन्तुलित सूचना र बिचार प्रभाव गर्ने छौ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको आदर्शलाई आत्मसाथ गर्दै अगाडी बढ्ने छौ । हाम्रो यात्रामा, पाठकवर्ग,विज्ञापन दाता,स्तम्भकार,समाचारदातादेखि सबैको सधै हौसला,प्रेरणा प्राप्त हुनेमा आशाबादी छौ । संचार माध्यम सबैको साझा सम्पति जस्तै हो तपाई संग भएका सुचना हामीलाई दिनुस हामी समाचार बनाउने छौ । भष्ट्राचारको अन्त्य, शुशानको बढवा, देश जनताको हित र राष्ट्रियताको पक्षमा निरन्तर उभिने छौ । त्यसैले तपाईहरुको साथ र सहयोग नै हामीलाई अगाडी बढ्ने प्रेरणाको श्रोत हुने छ ।

















