skip this वडा नं १६ बालाजु च:मती

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिप्रदेशमा चरम आन्तरीक बिवाद

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चि प्रदेशमा चरम आन्तरीक बिवाद देखिएको छ । सुदूरपश्चिम प्रदेशमा एक पक्षले संसदीय दलको नेता परिवर्तन गर्ने निर्णय गरेपछि सोही बिषयलाई लिएर बिवाद भएको हो । एक पक्षले यही माघ १२ गते संसदिय दलको नेताबाट खगराज भट्टलाई हटाई मानबहादुर धामी बनाउने निर्ण गरेका थिए ।
प्रदेश संसदीय दलको नेता परिवर्तन गरे पछि प्रदेश अध्यक्ष हरिराम चौधरीको अध्यक्षतामा बैठक बसि उक्त निर्णय तत्काल सच्याउन प्रदेश कमिटीलेसंसदीय दललाई निर्देशन दिएको छ । बैठक पछि जारी बिज्ञप्तीमा भनिएकाृ छ ,पार्टीको परम्परा,विधि विपरीत केन्द्रीय निर्देशनको समेत अवज्ञा गरी गरिएको निर्णयले पार्टीमा अराजकता र स्वेच्छाचारिताले संस्थागत मान्यता पाउने खतरा हुने भएकोले अविलम्ब निर्णय सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरियो ।’शुक्रबार बसेको माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका बहुमत सांसदको बैठकले भट्टलाई हटाएर दलको नेतामा मानबहादुर धामीलाई बनाउने निर्णय गरेको थियो ।